सधै हिन्छु मरुभूमिमा तातो हावा खान होइन
गजल लेख्छु कहिले काहिँ गजलकार होइन
पहिलो पल्ट देखे तिमीलाई पागल भए म
तिम्रै यादमा बहकिने बादल भए म
रुप तिम्रो इन्द्रेणीको आंचल ओडी पर्खे जस्तो
मुस्कुराई चन्द्रमाले घुम्टो खोली हासे जस्तो
मृग नयन रुप तिम्रो घायल भए म
के देखे त पहिलो पल्ट पागल भए म
बैसालु यो मन उडाउने रानी बन कि चरी हौ
लाग्छ तिम्रो रुप देख्दा स्वर्ग कि परि हौ
त्यो चरीलाइ पासो थाप्ने जाल भए म
के देखे थे पहिलो पल्ट पागल भए म
तिम्रै यादमा बहकिने बादल भए म
................. ... ........ ...
No comments:
Post a Comment