Friday, May 13, 2011

हिजो राती सपनी देखे माटो भित्र  पुरिएछु
पराइले  खुट्टा  टेक्दा  माटो भित्रै   हराएछु
फुल फुल्ने बगैचामा मुटु घोच्ने काँडा किन ?
आधि रातमा बिउझाएर तर्साउने सपना किन?
असह्य  भो छाती भित्र जब बिउझे निन्द्रा बाट
सोधे सबलाई को हौ तिमि उत्तर पाइन कसैबाट
सुनसान थियो अध्यारो रात झ्याउकिरीको आवाज संगै
फेरी पल्टे पश्चिम फर्की  अस्ताएको घाम संगै
भोलि पल्ट यात्रा भयो माटो माथि नक्सा कोर्दै
आफनै घरको आँगनीमा पराइसंग  हात जोर्दै
दक्षिणबाट कालो सापले पुर्ब पश्चिम घेरी सक्यो
मेटी सके सान हाम्रा दस गजा नि मिची सक्यो
फुल  फुलाउने   बगैचामा काँडे  तार  बेरिएछन
मालिक बन्ने बहानामा अस्मिता पो बिकाएछन
असतीत्वको खाँचो पर्यो बगैचाका मालिक बन्न
सच्चा  नेपाली  हौ भने   बन्द गर  माटो  बेच्न
सच्चा  नेता हौ  भने  छोडी देउ   जनता  ठग्न
    बन्द गर माटो बेच्न ..........

No comments:

Post a Comment