Tuesday, January 18, 2011

मलाई सोध्ने मन लाग्छ

कस्तो बोट रोपेछउ नेपाल आमा बिस बर्षमा पनि पाक्दै नपाक्ने
मलाई अझै भन्ने मन लाग्छ NETA G कती बलिया थाक्दै नथाक्ने
मलाई सोध्न मन लाग्छ ए नेताहरु देश कता पुरयाऊ
आहा कती मजाको स्वीटजरल्यान्ड बनायोउ लाज पनि पच्यायोउ
मलाई सोध्ने मन लाग्छ ए मन्त्री महोदय कहाको टुर गर्दै छोउनी?
नेपाल भ्रमण बर्ष होइन र?बहानामा आँफै पो बिदेश घुम्दै छोउनी
मलाई सोध्ने मन लाग्छ ए राजनीति गर्ने नेताहरु
कती कराउछोउ जनता माझमा देखायर अनेक लोभहरु
मलाई सोध्ने मन लाछ फेरी फेरी कती बफादार भयोउ राष्ट्रप्रती?
गर्नु गर्‍योऊ नगरनु त के  थियो र?बच्योउ सबै बीग्र्याजती
बुद्ध जन्मेको देश हो रे हुन त तर खै कहाँ छ सान्ती
सगरमाथाको देश हो रे हुन तर खै कहाँ छ माथि?

Sunday, January 16, 2011

Mujhe Neend Na Aaye

Friday, January 14, 2011

म कठोर बन्दै छु

म कठोर बन्दै छु ,मलाई रिझाउने प्रयास नगर
खुल्ला छ संसार त्यहाँ जे मन लाग्छ त्यैइ गर
म चट्टान सरी भै सके माटो नसम्झ अब
कारण त्यैइ हो बिस्श्वासको बिउ मैले दिदा बालुवामा रोपेउ जब
म त हिन्दै थिय नि निर्दोश यी  विश्वाशहरुमा
अनायास बज्रपात गर्‍योउ जिबन जिउने आशहरुमा
तेसैले रोजे कठोर भन्दा कठोर अनी सजिलो भन्दा गाह्रो
कोमल मन तिम्ले डस्योउ तेसैले बने ढुङा भन्दा सारो
आकाश गर्जी चट्याङ परे थाम्न सक्छु मैले
भिरको बाटो चट्टान टेकी हिन्दैछु म अहिले

JIBANYATRA.BLOGSPOT.COM AND GO TO WWWHAMRO.BLOGSPOT.COM FOR DETAIL INFORMATION PLEASE

आज फेरी एउटा यस्तो ठाउँको बारेमा छोटो जानकारी गराउन चाहन्छु,जुन ठाउँ राज्यको पहुच नहुँदा र नहेरी दिदा सधैं भरी ओझेल पर्दै गैरहेको
छ,त्यो ठाउँ हो बझाङ बुङल पिपल्कोट गा बि स को उत्तरी भेगको अती दुर्गम बड्डी ज्याबन र थान ज्याबन,यो पवित्र स्थलको सबै भन्दा मुख्य
बिशेषता १२ देउताका थान एउटै ठाउमा छन महादेव ,सुन्चल धोउल्पुर लगायत सबै देउताहरुको सँगम मुख्य भुमी हो,२० ,२५ वटा सीडिंहरु चढेर जान सकिने गूफा थियो रे जुन उचित संरक्षण कहीबाट नहुँदा पुरियर हरायको छ,यहाको जग्गा जमिन कसैले खरिद बिक्री गर्न पाउदैन र मन्डपहरुलाई खरले मात्रै छाउनु पर्ने यस्को अर्को बिशेषता हो,ओरिपरी सयोउं प्रकारका जडि बुटी भयको यस पवित्र ठाउँमा जोउ बाली मात्र फल्छ
यहाँ ठुलै सुद्ध फलाम खानि पनि छ यहिबाट निकालेको फलामबाट बनायका भाडाकुडाहरु देखाउछन यिनै स्थानियबासीहरु,संरक्षण,राज्यको कम्जोरी
र प्रचार प्रसारको कमिले आज जमिनभित्र लुकीसकेको छ,

अर्को मुख्य स्थल भनेको थान ज्याबन
हरेक बर्षको बर्षातमा बैतडी ,दार्चुला र बझाङ बाट करिब ४००,५०० भन्दा बढी घोडाहरु चराऊनका लागि ३,४ मैना छोडेर आउछन,यो धेरै ठुलो मैदानी भाग हो,हिउदमा ५,६ मैना हिउले ढाकिन्छ,तर यहाँ जान भने त्यैती सजिलो चै छैन किन कि यहाँ पुग्नु भन्दा पहिला एउटा फुलबारी भेटिन्छ,जहा हजारोउ किसिमका रङी चङी फुलहरु फुलिरहन्छन,र फुलबारिमा बिसको बगैचा पनि मोउलायको हुन्छ,उकालो चड्दै जादा बिसलाग्न पनि सक्छ,त्यसैले यहाँ जानेहरु साथमा अमिलो वा पिरो खाने चिजहरु लगेर जान्छन साथमा सामान्य केइ medicine पनि तपाईंहरु पनि जानु हुन्छ भने तयारी गरी जानु होला, ठाउँ अती सुन्दर छ हिमालको काखैमा अबस्थित यो सुन्दर ठाउँमा king of herb यारचागुम्बा टिप्न जाने को पनि घुइचो नै लाग्छ,साचै यो स्वर्गसरी राम्रो ठाउँ हो उत्तरमा हिमाल मात्र छ ,त्यसपछी चाइना आउछ ,भने पश्चिमतिर नजिकमा दार्चुला को मार्मा छेत्रको माथिल्लो भाग गोल्जर अनी नाइस लगायत धेरै ठाउँहरु यहाँबाट नजिक पर्छन,यो भागबाट पुरै हिमाली सिङ्खला मजाले नजिकैबाट अबलोकन गर्न सकिन्छ,धेरै कुराहरु छन यो भित्र तर म भ्याउदैन समय मिलायर बेली बिस्तार गर्दै गरोउला ..............................नमस्ते

Tuesday, January 11, 2011

साहित्य सिर्जना

जिन्दगीको गोरेटोमा
एक्लैइ हिन्न गाह्रो हुन्छ जिदगीको गोरेटोमा
यात्रा भयो घाम पानीको सिसिरको सिरेटोमा
नमस्ते

यो जिबनको गोरेटोमा हिन्न तेती सजिलो कहाँ हुदोरहेछ र?जहा अनेक ज्वारभाटाहरुसँग मुकाबिला गर्दै यात्रामा हिन्दै गरेको एउटा यात्री म पनि हुँ जुन  गन्तब्य स्थानको खोजी गर्दा गर्दै असफल यात्री बन्दै गयको छु,तर पनि हरेश खायको छैन अनेक सरेटो र बिबस्ताका छालहरुलाई छिचोल्दै
अझै पनि त्यो गन्तब्यस्थल्को चुलिमा पाइला टेक्न आफुलाई तेही गोरेटोमा घिसार्न वाध्य छु अनेक खोल नाला र ओकाली ओराली गर्दै हुरी बतासको त्यो सिरेटोसङै थाकी सकेको जिबनलाई १ मुठी श्वासको प्रवाह्सङै बरपिपलको सितल चोउतारी अनी भञ्ज्याङको सितल छहारीसँग पुग्ने
आटका साथ जिबनको गोरेटोका खुट्किलाहरुमा अनवरत यी बिस्राम बिनाका थकित पाइलाहरुलाई सकी नसकी त्यो उजाड मरुभुमीको प्रबेश द्वारमै अड्किन पुगेको छु जुन पार गर्न मलाई त्यती सजिलो छैन आज फेरी गलेका पाइलाहरु सकी नसकी थमाउदै ऊ टाढाको अद्रिस्य सितल छहारीको कल्पना गर्दै बालुवाका ढिक्काहरुसँग पनि मितेरी गास्नु पर्दोरहेछ शायद यो जिबनको गोरेटो नै यस्तै हुदोरहेछ जिबनका खुशीका दिनहरुको कल्पनामा दगुर्दा दगुर्दै आसै आसमा उजाड मरुभुमीको भुमरिमा पनि फस्नु नै पर्ने,जिबनका कयोउं बसन्तहरु साच्चै बसन्तको हरियालीसङै बितेता पनि , कहिले काही छाहारिले पनि पोल्दो रहेछ,आज फेरी यिनै सडे गलेको मन मस्तिस्क र सुकीसकेका अस्थिपन्जर साहारामा त्यो अन्कन्टार र कहाली लाग्दो चट्टानमा टेकी भबिस्यका गर्बभित्र उब्जेका इच्छा र चाहनाका पोकाहरुलाई बाटो भरी छर्दै आसाको किरणसङै उकालो जिबनको यात्रा सुचारु गर्दै जिबनका काहानीहरु कोर्दै र सम्झदै गन्तब्यहिन स्थलतिर दगुरी रहेको छु अनवरत अनवरत ....  धन्यवाद

Monday, January 10, 2011

गरीबको जिन्दगी

दु:ख के हो के थाहा  र सुख मात्रै देख्नेलाई
गरीब के हो के थाहा र धनको रासमा सुत्नेलाई
सिसिर के हो के थाहा र बसन्तको हरियालीलाइ
कहाँ दुख्छ पिडा मेरो के थाहा र बैरीलाई
महल मेरो सपना बाहिर झुपडी मेरो जिन्दगी हो
आसु रोदन पीइ बाच्ने जिन्दगी यो बन्दगी भो
बिस पिउनलाई कायर भन्छन ,बाच्ने आधार कुनै छैन
तड्पी तड्पी दिन गुजार्न आसा  पनि कतै छैन
ब्यर्थ मैले आस राखे जिबन जिउन भगवानसँग
धेरै भयो आस मारेको सास फेरिन आरामसँग       धन्यवाद

Saturday, January 8, 2011

nepal and india boarder, FARWESTERNA PART OF NEPAL
darjaling

KAMAL JI, ROLPA, gharti gaun o1 * http://www.friendship.ads4blog.net * http://www.rolpali.co.cc

मलेशियाको यो यथार्थ
मलेशिया त उस्तै रहेछ तिम्ले भन्या जस्ताइ रेहेछ
चोर फटा बढी यहाँ ढाट्ने बानी बढी रहेछ
आफ्नो यहाँ घरै हुन्न उल्टा सोध्छन घर छ तिम्रो?
एकै महिना काम नपाय बेहाल हुन्छ यिन्को
धनी जती चाइनिज यहाँ मले रहेछन चारी मक्कान
...पोलिश झनै गुण्डा रहेछन बिदेशी कहाँ खोज्दै हिन्छन
ईन्डियाका काले कुरुप मलेशियामा ग्यांग्स्टार
रोडमै सुती जिबन धान्ने यि हुन यहाँका स्टार
बिदेसीका होस्टल कहाँ खोजी हिन्छन राती राती
धेरैलाई त हाम्ले पनि गायब गर्‍योउँ काटी काटी
बिकास चैने टन्नै भाछ आकाशमाथि रेल दगुर्छन
मान्छे मलाई ठीक लागेन भात खानलाई आयोउ भन्छन
कहिले काही त ठिकै लाग्छ हुन पनि तेस्तै भाछन
खान लाउन सबै पुग्ने पैसा खोज्न बिदेश हिन्छ
२० बर्ष भो नेपालमा प्रजातन्त्र आको
छिट्टै बिकास हुन्छ भन्थोउ टाट पल्टेर आको
जनता भय झन झन गरीब नेता करोडपती
माया मोह केइ छैन गाउँ ठाउँ पर्ती
कांग्रेस पनि यस्तै रहेछ  बक्बास मात्रै गर्ने
मन्त्री हुँदै भुँडी भर्दै शहर तिरै सर्ने
एमालेको रुपै अर्को बनमा चर्ने गोरु जस्तो
नियम कानुन छैन एस्लाई आँखा फुट्या कुकुर जस्तो
रा.प्र.पाको के कुरा र पुरानो सम्पती उसैकहा
ठुला ठालू पञ्चेहरु बसेका छन यहाँ
राजाबादी झन तातेका सुख सुबिधा फर्काउनलाई
दिन दाहाडै गोली चल्छन दुनियाँ तर्साउनलाई

तेस्पछी हामी के गरूओन्
भन्नुस् त? जनता मेरी कि मरेनन?

तिमी बिना.........

तिमी बिना कती गाह्रो बाँच्न पनि कती सारो
तिम्रा यादका क्षणहरुले एकपल बाँच्न कती गाह्रो
तिमी बाट छुटियदेखी गाह्रो भयो श्वास फेर्न
नबिर्सनु कहिले पनि साझ पर्दा बाटो हेर्न
मुटुभन्दा प्यारी तिमी हिर्दयकी रानी तिमी
कल्पनामा दिन गन्दैछु सपनाभरी तिमी
मुटुभरी तिम्रो माया आँखा भरी तिम्रै छाया
कस्तो पिढा भयो आज नपाउँदा तिम्रो माया
लामो बन्यो मुग्लान बसाइ नरुनु है दिन काट्नलाई
आईपुग्छु म यो दशैमा थोरै दिन छ रिन काट्नलाई
मनै ठुलो भन्छन सबै खै कस्तो मन हो त्यो
विश्वाश नै ठुलो भन्छन खै कहाँ छ विश्वाश त्यो
उजाड यो जिन्दगीका अध्यारा यी रातहरु
तिम्रै निका  बात अरे कहाँ छन,ती बातहरु
चाहनाका बन्दिहरु भबिस्यका गर्बभित्र
सपना  सबै बेकार भय फलामको जन्जिरभित्र
माटो सबै चट्टान भय मैदान पनि भिर बन्यो
जिन्दगीका पानाहरु कोर्दा कोर्दै जाल बुन्यो
प्रीतहरु गाथा बने अतितका पाना भय
बल्झाइ दिदा दुख्ने घाऊ सम्झीलिदा याद भय
माटो सबै चट्टान बन्यो मैदान पनि भिर बन्यो
जिन्दगीका पानाहरु कोर्दा कोर्दै जाल बन्यो
भबिस्यको गर्बभित्र
फलामको जन्जिर भित्र
कस्तो तो जिन्दगी?????

collection picture, darchula

my place

nice place

ocbc bank in malaysia

memory is never die......

kl central ghumgham

malaysia 2010

काफल पाकेको Kafal Pakeko - Devi Gharti and Bimal Raj Chhetri

malaysia batu cave

DARCHULA matela marama

PHOTO 2009

... ,{india pithouragad. UP.GIC

IN KL 2009 PADAM BAHADUR

MALAYSIA

IN MALAYSIA 2009

roshan,2005