Friday, January 14, 2011

JIBANYATRA.BLOGSPOT.COM AND GO TO WWWHAMRO.BLOGSPOT.COM FOR DETAIL INFORMATION PLEASE

आज फेरी एउटा यस्तो ठाउँको बारेमा छोटो जानकारी गराउन चाहन्छु,जुन ठाउँ राज्यको पहुच नहुँदा र नहेरी दिदा सधैं भरी ओझेल पर्दै गैरहेको
छ,त्यो ठाउँ हो बझाङ बुङल पिपल्कोट गा बि स को उत्तरी भेगको अती दुर्गम बड्डी ज्याबन र थान ज्याबन,यो पवित्र स्थलको सबै भन्दा मुख्य
बिशेषता १२ देउताका थान एउटै ठाउमा छन महादेव ,सुन्चल धोउल्पुर लगायत सबै देउताहरुको सँगम मुख्य भुमी हो,२० ,२५ वटा सीडिंहरु चढेर जान सकिने गूफा थियो रे जुन उचित संरक्षण कहीबाट नहुँदा पुरियर हरायको छ,यहाको जग्गा जमिन कसैले खरिद बिक्री गर्न पाउदैन र मन्डपहरुलाई खरले मात्रै छाउनु पर्ने यस्को अर्को बिशेषता हो,ओरिपरी सयोउं प्रकारका जडि बुटी भयको यस पवित्र ठाउँमा जोउ बाली मात्र फल्छ
यहाँ ठुलै सुद्ध फलाम खानि पनि छ यहिबाट निकालेको फलामबाट बनायका भाडाकुडाहरु देखाउछन यिनै स्थानियबासीहरु,संरक्षण,राज्यको कम्जोरी
र प्रचार प्रसारको कमिले आज जमिनभित्र लुकीसकेको छ,

अर्को मुख्य स्थल भनेको थान ज्याबन
हरेक बर्षको बर्षातमा बैतडी ,दार्चुला र बझाङ बाट करिब ४००,५०० भन्दा बढी घोडाहरु चराऊनका लागि ३,४ मैना छोडेर आउछन,यो धेरै ठुलो मैदानी भाग हो,हिउदमा ५,६ मैना हिउले ढाकिन्छ,तर यहाँ जान भने त्यैती सजिलो चै छैन किन कि यहाँ पुग्नु भन्दा पहिला एउटा फुलबारी भेटिन्छ,जहा हजारोउ किसिमका रङी चङी फुलहरु फुलिरहन्छन,र फुलबारिमा बिसको बगैचा पनि मोउलायको हुन्छ,उकालो चड्दै जादा बिसलाग्न पनि सक्छ,त्यसैले यहाँ जानेहरु साथमा अमिलो वा पिरो खाने चिजहरु लगेर जान्छन साथमा सामान्य केइ medicine पनि तपाईंहरु पनि जानु हुन्छ भने तयारी गरी जानु होला, ठाउँ अती सुन्दर छ हिमालको काखैमा अबस्थित यो सुन्दर ठाउँमा king of herb यारचागुम्बा टिप्न जाने को पनि घुइचो नै लाग्छ,साचै यो स्वर्गसरी राम्रो ठाउँ हो उत्तरमा हिमाल मात्र छ ,त्यसपछी चाइना आउछ ,भने पश्चिमतिर नजिकमा दार्चुला को मार्मा छेत्रको माथिल्लो भाग गोल्जर अनी नाइस लगायत धेरै ठाउँहरु यहाँबाट नजिक पर्छन,यो भागबाट पुरै हिमाली सिङ्खला मजाले नजिकैबाट अबलोकन गर्न सकिन्छ,धेरै कुराहरु छन यो भित्र तर म भ्याउदैन समय मिलायर बेली बिस्तार गर्दै गरोउला ..............................नमस्ते

No comments:

Post a Comment