Tuesday, January 11, 2011

साहित्य सिर्जना

जिन्दगीको गोरेटोमा
एक्लैइ हिन्न गाह्रो हुन्छ जिदगीको गोरेटोमा
यात्रा भयो घाम पानीको सिसिरको सिरेटोमा
नमस्ते

यो जिबनको गोरेटोमा हिन्न तेती सजिलो कहाँ हुदोरहेछ र?जहा अनेक ज्वारभाटाहरुसँग मुकाबिला गर्दै यात्रामा हिन्दै गरेको एउटा यात्री म पनि हुँ जुन  गन्तब्य स्थानको खोजी गर्दा गर्दै असफल यात्री बन्दै गयको छु,तर पनि हरेश खायको छैन अनेक सरेटो र बिबस्ताका छालहरुलाई छिचोल्दै
अझै पनि त्यो गन्तब्यस्थल्को चुलिमा पाइला टेक्न आफुलाई तेही गोरेटोमा घिसार्न वाध्य छु अनेक खोल नाला र ओकाली ओराली गर्दै हुरी बतासको त्यो सिरेटोसङै थाकी सकेको जिबनलाई १ मुठी श्वासको प्रवाह्सङै बरपिपलको सितल चोउतारी अनी भञ्ज्याङको सितल छहारीसँग पुग्ने
आटका साथ जिबनको गोरेटोका खुट्किलाहरुमा अनवरत यी बिस्राम बिनाका थकित पाइलाहरुलाई सकी नसकी त्यो उजाड मरुभुमीको प्रबेश द्वारमै अड्किन पुगेको छु जुन पार गर्न मलाई त्यती सजिलो छैन आज फेरी गलेका पाइलाहरु सकी नसकी थमाउदै ऊ टाढाको अद्रिस्य सितल छहारीको कल्पना गर्दै बालुवाका ढिक्काहरुसँग पनि मितेरी गास्नु पर्दोरहेछ शायद यो जिबनको गोरेटो नै यस्तै हुदोरहेछ जिबनका खुशीका दिनहरुको कल्पनामा दगुर्दा दगुर्दै आसै आसमा उजाड मरुभुमीको भुमरिमा पनि फस्नु नै पर्ने,जिबनका कयोउं बसन्तहरु साच्चै बसन्तको हरियालीसङै बितेता पनि , कहिले काही छाहारिले पनि पोल्दो रहेछ,आज फेरी यिनै सडे गलेको मन मस्तिस्क र सुकीसकेका अस्थिपन्जर साहारामा त्यो अन्कन्टार र कहाली लाग्दो चट्टानमा टेकी भबिस्यका गर्बभित्र उब्जेका इच्छा र चाहनाका पोकाहरुलाई बाटो भरी छर्दै आसाको किरणसङै उकालो जिबनको यात्रा सुचारु गर्दै जिबनका काहानीहरु कोर्दै र सम्झदै गन्तब्यहिन स्थलतिर दगुरी रहेको छु अनवरत अनवरत ....  धन्यवाद

No comments:

Post a Comment