Saturday, January 8, 2011

२० बर्ष भो नेपालमा प्रजातन्त्र आको
छिट्टै बिकास हुन्छ भन्थोउ टाट पल्टेर आको
जनता भय झन झन गरीब नेता करोडपती
माया मोह केइ छैन गाउँ ठाउँ पर्ती
कांग्रेस पनि यस्तै रहेछ  बक्बास मात्रै गर्ने
मन्त्री हुँदै भुँडी भर्दै शहर तिरै सर्ने
एमालेको रुपै अर्को बनमा चर्ने गोरु जस्तो
नियम कानुन छैन एस्लाई आँखा फुट्या कुकुर जस्तो
रा.प्र.पाको के कुरा र पुरानो सम्पती उसैकहा
ठुला ठालू पञ्चेहरु बसेका छन यहाँ
राजाबादी झन तातेका सुख सुबिधा फर्काउनलाई
दिन दाहाडै गोली चल्छन दुनियाँ तर्साउनलाई

तेस्पछी हामी के गरूओन्
भन्नुस् त? जनता मेरी कि मरेनन?

No comments:

Post a Comment