Monday, January 10, 2011

गरीबको जिन्दगी

दु:ख के हो के थाहा  र सुख मात्रै देख्नेलाई
गरीब के हो के थाहा र धनको रासमा सुत्नेलाई
सिसिर के हो के थाहा र बसन्तको हरियालीलाइ
कहाँ दुख्छ पिडा मेरो के थाहा र बैरीलाई
महल मेरो सपना बाहिर झुपडी मेरो जिन्दगी हो
आसु रोदन पीइ बाच्ने जिन्दगी यो बन्दगी भो
बिस पिउनलाई कायर भन्छन ,बाच्ने आधार कुनै छैन
तड्पी तड्पी दिन गुजार्न आसा  पनि कतै छैन
ब्यर्थ मैले आस राखे जिबन जिउन भगवानसँग
धेरै भयो आस मारेको सास फेरिन आरामसँग       धन्यवाद

No comments:

Post a Comment