Saturday, May 21, 2011

मैले बिस्वाश गर्दा .........?????..

धोका भयो जिन्दगीमा बिस्वाश मैले बाड्न खोज्दा
बचन पाए   मुटु  घोच्ने  सत्य   मैले  गर्न  खोज्दा
फुल्दो   रहेछ  बिस पनि  बगैचामा  फुल संगै
नाता हाम्रो    अजम्बरी रुखा तिम्रा    बोली  संगै
               
                         मेरा आखाँ आसु आउदा तिम्रा लागि पानी भयो
                         जिबनसंग खेलवाड गर्ने कस्तो तिम्रो बानी पर्यो
                         तीर हान्छ  सिकारीले  निर्दोष त्यो  हरिणमाथी
                         त्यस्तै तीरले मुटु छेड्यो तड्पिएको प्राणमाथी

रगत पनि रातै थियो तिम्रा लागि  कालो  भयो
तिम्रा   सबै  जालहरु   मेरा  लागी  काल  भयो
कठै तिम्रा बचन तिखा पलपल फेर्ने स्वाशहरुमा
कुहिरो  लायौ बिनाकारण  मैले  बस्ने बासरुमा

                      सागरमाथी बालुवा छर्की पुल तिमले बनाउन खोज्यौ
                     निर्दोष   ती  आशाहरुमा   अभिसाप पो  दिन   थाल्यौ
                     आगो  पनि  बन्न  पुगे   तिम्रो  मनलाई  पग्लाउन
                     ढुंगा   रहेछ  तिम्रो  मुटु  फुट्न  अब  बेर  छैन
       
थिए होलान मेरा पनि अनगिन्ती गल्तीहरु
तर मैले  बनाएन  तिम्रा जस्ता बल्छीहरु
कति लेखु तिम्रा नाममा कबिता र गीतहरु
जति भन्छु उति रुन्छु भोग्दै तिम्रा शीतहरु

            आज लेख्छु यति मात्र मनमा ठेस लाग्न सक्छ
            पुर्बबाट उदाउने घाम पश्चिम पनि फर्किन सक्छ
           आगो  पनि  बन्न  पुगे   तिम्रो  मनलाई  पग्लाउन
            ढुंगा   रहेछ  तिम्रो  मुटु  फुट्न  अब  बेर  छैन 

                                     हजुर ,नमस्कार ,  धन्यबाद ..........

Friday, May 13, 2011

हिजो राती सपनी देखे माटो भित्र  पुरिएछु
पराइले  खुट्टा  टेक्दा  माटो भित्रै   हराएछु
फुल फुल्ने बगैचामा मुटु घोच्ने काँडा किन ?
आधि रातमा बिउझाएर तर्साउने सपना किन?
असह्य  भो छाती भित्र जब बिउझे निन्द्रा बाट
सोधे सबलाई को हौ तिमि उत्तर पाइन कसैबाट
सुनसान थियो अध्यारो रात झ्याउकिरीको आवाज संगै
फेरी पल्टे पश्चिम फर्की  अस्ताएको घाम संगै
भोलि पल्ट यात्रा भयो माटो माथि नक्सा कोर्दै
आफनै घरको आँगनीमा पराइसंग  हात जोर्दै
दक्षिणबाट कालो सापले पुर्ब पश्चिम घेरी सक्यो
मेटी सके सान हाम्रा दस गजा नि मिची सक्यो
फुल  फुलाउने   बगैचामा काँडे  तार  बेरिएछन
मालिक बन्ने बहानामा अस्मिता पो बिकाएछन
असतीत्वको खाँचो पर्यो बगैचाका मालिक बन्न
सच्चा  नेपाली  हौ भने   बन्द गर  माटो  बेच्न
सच्चा  नेता हौ  भने  छोडी देउ   जनता  ठग्न
    बन्द गर माटो बेच्न ..........

Saturday, April 23, 2011

देस बिगारे नेताले

जननी जन्मभूमि स्वर्गादपि गरियसी 
रास्ट्रप्रतिको माया ,जन्मभूमिको प्रतिको स्नेह नभएको सायद को नै पो होला र ?आज हजारौं नेपाली युबाहरु स्वदेशको भूमी छोडेर बिदेसतिर पलायन हुन बाध्य भैरहेका छन् |हजारौं युबाहरु स्वदेशमै रोजगारी खोज्न अनेक उपाय खोजिरहेका छन् |हात ,पाखुरा सीप ,ज्ञान र खुबी भएर पनि भबिस्यको सुनौलो सपना बोक्दै बिदेसी भूमिमा तड्पिदै,आफ्ना जहान परिवारलाई झन बिचल्लीमा पारिरहेका ताजा घटनाहरु हाम्रा सामु ताजैं छन् , |मेरो भनाइ लेखाइ र सोचाई पनि यस्तै भइदिन्छ ,{घुमी फिरी रुम्जाटार }आखिर जुनै कुराहरु जोडेर लेखु भन्दा पनि यिनै राष्ट्रका नायक र रास्ट्रसेबक हुँ भन्नेहरु नै तगारो बनि दिन्छन |हरेककुरा र  लेखहरु सुरु गर्दा बिचमा यिनीहरुको प्रसंग आएन भने अपुरो नै बनि दिन्छ |किन कि यी राष्ट्रका गद्दारनेताहरुलाई हर समयमा घिर्णा गर्नै पर्छ हामीहरुले |
हजारौं युबाहरु अवसरको खोजीमा भौतारी रहेका छन् ,आफ्नो सीप र सृजनालाइ सहि ठाउँमा प्रयोग गरि नेताहरुका पुच्छर हुनबाट छुटकारा हुन् खोज्दै छन् तर दुर्भाग्य ,जनताहरुलाई हरेक अवसरबाट बन्चित गराउदै गन्तब्यहिन स्वार्थी बाटोमा हिडेका यी राष्ट्रका भात्माराहरुलाई कसले र कसरी कारबाही गर्ने?माकुने र सुरेन्द्र पाण्डे जस्ता केहि  कुत्ता  र  ब्वासा अनि  यिनका आसेपासेहरु अनि झन ठुलो सपना बाड्दै देसलाई स्वीट्जरल्याण्ड बनाउने कोरा कल्पनाहरु संगै नक्कली भासन छाट्दै जनताको सम्पतिमा रजाई गरि रहेका छन् |युरोपियन देसहरु जस्तै बिकसित बनाउछौं भनेर फुस्रा भासण दिदै खेतमा हलो जोत्नेलाई रुखमा झुन्ड्याउने हाम्रा राता र ताता युबाहरु खोइ कुन नेताका घरमा भतुवा हुदै छन्?
खै रास्ट्रप्रतिको माया ?
खोइ त भोका नांगा माथि छायाँ?

Thursday, March 17, 2011

गजल

सधै हिन्छु मरुभूमिमा तातो हावा खान होइन
गजल लेख्छु कहिले काहिँ गजलकार होइन


पहिलो पल्ट देखे तिमीलाई पागल भए म
तिम्रै यादमा बहकिने बादल भए म
रुप तिम्रो इन्द्रेणीको आंचल ओडी पर्खे जस्तो
मुस्कुराई चन्द्रमाले घुम्टो खोली हासे जस्तो
           मृग नयन रुप तिम्रो घायल भए म
           के देखे त पहिलो पल्ट पागल भए म

बैसालु यो  मन उडाउने रानी बन कि चरी हौ
लाग्छ तिम्रो रुप देख्दा स्वर्ग कि परि हौ
त्यो चरीलाइ पासो थाप्ने जाल भए म
के देखे थे पहिलो पल्ट पागल भए म
तिम्रै यादमा बहकिने बादल भए म
................. ...   ........  ...

Tuesday, January 18, 2011

मलाई सोध्ने मन लाग्छ

कस्तो बोट रोपेछउ नेपाल आमा बिस बर्षमा पनि पाक्दै नपाक्ने
मलाई अझै भन्ने मन लाग्छ NETA G कती बलिया थाक्दै नथाक्ने
मलाई सोध्न मन लाग्छ ए नेताहरु देश कता पुरयाऊ
आहा कती मजाको स्वीटजरल्यान्ड बनायोउ लाज पनि पच्यायोउ
मलाई सोध्ने मन लाग्छ ए मन्त्री महोदय कहाको टुर गर्दै छोउनी?
नेपाल भ्रमण बर्ष होइन र?बहानामा आँफै पो बिदेश घुम्दै छोउनी
मलाई सोध्ने मन लाग्छ ए राजनीति गर्ने नेताहरु
कती कराउछोउ जनता माझमा देखायर अनेक लोभहरु
मलाई सोध्ने मन लाछ फेरी फेरी कती बफादार भयोउ राष्ट्रप्रती?
गर्नु गर्‍योऊ नगरनु त के  थियो र?बच्योउ सबै बीग्र्याजती
बुद्ध जन्मेको देश हो रे हुन त तर खै कहाँ छ सान्ती
सगरमाथाको देश हो रे हुन तर खै कहाँ छ माथि?

Friday, January 14, 2011

म कठोर बन्दै छु

म कठोर बन्दै छु ,मलाई रिझाउने प्रयास नगर
खुल्ला छ संसार त्यहाँ जे मन लाग्छ त्यैइ गर
म चट्टान सरी भै सके माटो नसम्झ अब
कारण त्यैइ हो बिस्श्वासको बिउ मैले दिदा बालुवामा रोपेउ जब
म त हिन्दै थिय नि निर्दोश यी  विश्वाशहरुमा
अनायास बज्रपात गर्‍योउ जिबन जिउने आशहरुमा
तेसैले रोजे कठोर भन्दा कठोर अनी सजिलो भन्दा गाह्रो
कोमल मन तिम्ले डस्योउ तेसैले बने ढुङा भन्दा सारो
आकाश गर्जी चट्याङ परे थाम्न सक्छु मैले
भिरको बाटो चट्टान टेकी हिन्दैछु म अहिले

JIBANYATRA.BLOGSPOT.COM AND GO TO WWWHAMRO.BLOGSPOT.COM FOR DETAIL INFORMATION PLEASE

आज फेरी एउटा यस्तो ठाउँको बारेमा छोटो जानकारी गराउन चाहन्छु,जुन ठाउँ राज्यको पहुच नहुँदा र नहेरी दिदा सधैं भरी ओझेल पर्दै गैरहेको
छ,त्यो ठाउँ हो बझाङ बुङल पिपल्कोट गा बि स को उत्तरी भेगको अती दुर्गम बड्डी ज्याबन र थान ज्याबन,यो पवित्र स्थलको सबै भन्दा मुख्य
बिशेषता १२ देउताका थान एउटै ठाउमा छन महादेव ,सुन्चल धोउल्पुर लगायत सबै देउताहरुको सँगम मुख्य भुमी हो,२० ,२५ वटा सीडिंहरु चढेर जान सकिने गूफा थियो रे जुन उचित संरक्षण कहीबाट नहुँदा पुरियर हरायको छ,यहाको जग्गा जमिन कसैले खरिद बिक्री गर्न पाउदैन र मन्डपहरुलाई खरले मात्रै छाउनु पर्ने यस्को अर्को बिशेषता हो,ओरिपरी सयोउं प्रकारका जडि बुटी भयको यस पवित्र ठाउँमा जोउ बाली मात्र फल्छ
यहाँ ठुलै सुद्ध फलाम खानि पनि छ यहिबाट निकालेको फलामबाट बनायका भाडाकुडाहरु देखाउछन यिनै स्थानियबासीहरु,संरक्षण,राज्यको कम्जोरी
र प्रचार प्रसारको कमिले आज जमिनभित्र लुकीसकेको छ,

अर्को मुख्य स्थल भनेको थान ज्याबन
हरेक बर्षको बर्षातमा बैतडी ,दार्चुला र बझाङ बाट करिब ४००,५०० भन्दा बढी घोडाहरु चराऊनका लागि ३,४ मैना छोडेर आउछन,यो धेरै ठुलो मैदानी भाग हो,हिउदमा ५,६ मैना हिउले ढाकिन्छ,तर यहाँ जान भने त्यैती सजिलो चै छैन किन कि यहाँ पुग्नु भन्दा पहिला एउटा फुलबारी भेटिन्छ,जहा हजारोउ किसिमका रङी चङी फुलहरु फुलिरहन्छन,र फुलबारिमा बिसको बगैचा पनि मोउलायको हुन्छ,उकालो चड्दै जादा बिसलाग्न पनि सक्छ,त्यसैले यहाँ जानेहरु साथमा अमिलो वा पिरो खाने चिजहरु लगेर जान्छन साथमा सामान्य केइ medicine पनि तपाईंहरु पनि जानु हुन्छ भने तयारी गरी जानु होला, ठाउँ अती सुन्दर छ हिमालको काखैमा अबस्थित यो सुन्दर ठाउँमा king of herb यारचागुम्बा टिप्न जाने को पनि घुइचो नै लाग्छ,साचै यो स्वर्गसरी राम्रो ठाउँ हो उत्तरमा हिमाल मात्र छ ,त्यसपछी चाइना आउछ ,भने पश्चिमतिर नजिकमा दार्चुला को मार्मा छेत्रको माथिल्लो भाग गोल्जर अनी नाइस लगायत धेरै ठाउँहरु यहाँबाट नजिक पर्छन,यो भागबाट पुरै हिमाली सिङ्खला मजाले नजिकैबाट अबलोकन गर्न सकिन्छ,धेरै कुराहरु छन यो भित्र तर म भ्याउदैन समय मिलायर बेली बिस्तार गर्दै गरोउला ..............................नमस्ते

Tuesday, January 11, 2011

साहित्य सिर्जना

जिन्दगीको गोरेटोमा
एक्लैइ हिन्न गाह्रो हुन्छ जिदगीको गोरेटोमा
यात्रा भयो घाम पानीको सिसिरको सिरेटोमा
नमस्ते

यो जिबनको गोरेटोमा हिन्न तेती सजिलो कहाँ हुदोरहेछ र?जहा अनेक ज्वारभाटाहरुसँग मुकाबिला गर्दै यात्रामा हिन्दै गरेको एउटा यात्री म पनि हुँ जुन  गन्तब्य स्थानको खोजी गर्दा गर्दै असफल यात्री बन्दै गयको छु,तर पनि हरेश खायको छैन अनेक सरेटो र बिबस्ताका छालहरुलाई छिचोल्दै
अझै पनि त्यो गन्तब्यस्थल्को चुलिमा पाइला टेक्न आफुलाई तेही गोरेटोमा घिसार्न वाध्य छु अनेक खोल नाला र ओकाली ओराली गर्दै हुरी बतासको त्यो सिरेटोसङै थाकी सकेको जिबनलाई १ मुठी श्वासको प्रवाह्सङै बरपिपलको सितल चोउतारी अनी भञ्ज्याङको सितल छहारीसँग पुग्ने
आटका साथ जिबनको गोरेटोका खुट्किलाहरुमा अनवरत यी बिस्राम बिनाका थकित पाइलाहरुलाई सकी नसकी त्यो उजाड मरुभुमीको प्रबेश द्वारमै अड्किन पुगेको छु जुन पार गर्न मलाई त्यती सजिलो छैन आज फेरी गलेका पाइलाहरु सकी नसकी थमाउदै ऊ टाढाको अद्रिस्य सितल छहारीको कल्पना गर्दै बालुवाका ढिक्काहरुसँग पनि मितेरी गास्नु पर्दोरहेछ शायद यो जिबनको गोरेटो नै यस्तै हुदोरहेछ जिबनका खुशीका दिनहरुको कल्पनामा दगुर्दा दगुर्दै आसै आसमा उजाड मरुभुमीको भुमरिमा पनि फस्नु नै पर्ने,जिबनका कयोउं बसन्तहरु साच्चै बसन्तको हरियालीसङै बितेता पनि , कहिले काही छाहारिले पनि पोल्दो रहेछ,आज फेरी यिनै सडे गलेको मन मस्तिस्क र सुकीसकेका अस्थिपन्जर साहारामा त्यो अन्कन्टार र कहाली लाग्दो चट्टानमा टेकी भबिस्यका गर्बभित्र उब्जेका इच्छा र चाहनाका पोकाहरुलाई बाटो भरी छर्दै आसाको किरणसङै उकालो जिबनको यात्रा सुचारु गर्दै जिबनका काहानीहरु कोर्दै र सम्झदै गन्तब्यहिन स्थलतिर दगुरी रहेको छु अनवरत अनवरत ....  धन्यवाद

Monday, January 10, 2011

गरीबको जिन्दगी

दु:ख के हो के थाहा  र सुख मात्रै देख्नेलाई
गरीब के हो के थाहा र धनको रासमा सुत्नेलाई
सिसिर के हो के थाहा र बसन्तको हरियालीलाइ
कहाँ दुख्छ पिडा मेरो के थाहा र बैरीलाई
महल मेरो सपना बाहिर झुपडी मेरो जिन्दगी हो
आसु रोदन पीइ बाच्ने जिन्दगी यो बन्दगी भो
बिस पिउनलाई कायर भन्छन ,बाच्ने आधार कुनै छैन
तड्पी तड्पी दिन गुजार्न आसा  पनि कतै छैन
ब्यर्थ मैले आस राखे जिबन जिउन भगवानसँग
धेरै भयो आस मारेको सास फेरिन आरामसँग       धन्यवाद

Saturday, January 8, 2011

nepal and india boarder, FARWESTERNA PART OF NEPAL
darjaling

KAMAL JI, ROLPA, gharti gaun o1 * http://www.friendship.ads4blog.net * http://www.rolpali.co.cc

मलेशियाको यो यथार्थ
मलेशिया त उस्तै रहेछ तिम्ले भन्या जस्ताइ रेहेछ
चोर फटा बढी यहाँ ढाट्ने बानी बढी रहेछ
आफ्नो यहाँ घरै हुन्न उल्टा सोध्छन घर छ तिम्रो?
एकै महिना काम नपाय बेहाल हुन्छ यिन्को
धनी जती चाइनिज यहाँ मले रहेछन चारी मक्कान
...पोलिश झनै गुण्डा रहेछन बिदेशी कहाँ खोज्दै हिन्छन
ईन्डियाका काले कुरुप मलेशियामा ग्यांग्स्टार
रोडमै सुती जिबन धान्ने यि हुन यहाँका स्टार
बिदेसीका होस्टल कहाँ खोजी हिन्छन राती राती
धेरैलाई त हाम्ले पनि गायब गर्‍योउँ काटी काटी
बिकास चैने टन्नै भाछ आकाशमाथि रेल दगुर्छन
मान्छे मलाई ठीक लागेन भात खानलाई आयोउ भन्छन
कहिले काही त ठिकै लाग्छ हुन पनि तेस्तै भाछन
खान लाउन सबै पुग्ने पैसा खोज्न बिदेश हिन्छ
२० बर्ष भो नेपालमा प्रजातन्त्र आको
छिट्टै बिकास हुन्छ भन्थोउ टाट पल्टेर आको
जनता भय झन झन गरीब नेता करोडपती
माया मोह केइ छैन गाउँ ठाउँ पर्ती
कांग्रेस पनि यस्तै रहेछ  बक्बास मात्रै गर्ने
मन्त्री हुँदै भुँडी भर्दै शहर तिरै सर्ने
एमालेको रुपै अर्को बनमा चर्ने गोरु जस्तो
नियम कानुन छैन एस्लाई आँखा फुट्या कुकुर जस्तो
रा.प्र.पाको के कुरा र पुरानो सम्पती उसैकहा
ठुला ठालू पञ्चेहरु बसेका छन यहाँ
राजाबादी झन तातेका सुख सुबिधा फर्काउनलाई
दिन दाहाडै गोली चल्छन दुनियाँ तर्साउनलाई

तेस्पछी हामी के गरूओन्
भन्नुस् त? जनता मेरी कि मरेनन?

तिमी बिना.........

तिमी बिना कती गाह्रो बाँच्न पनि कती सारो
तिम्रा यादका क्षणहरुले एकपल बाँच्न कती गाह्रो
तिमी बाट छुटियदेखी गाह्रो भयो श्वास फेर्न
नबिर्सनु कहिले पनि साझ पर्दा बाटो हेर्न
मुटुभन्दा प्यारी तिमी हिर्दयकी रानी तिमी
कल्पनामा दिन गन्दैछु सपनाभरी तिमी
मुटुभरी तिम्रो माया आँखा भरी तिम्रै छाया
कस्तो पिढा भयो आज नपाउँदा तिम्रो माया
लामो बन्यो मुग्लान बसाइ नरुनु है दिन काट्नलाई
आईपुग्छु म यो दशैमा थोरै दिन छ रिन काट्नलाई
मनै ठुलो भन्छन सबै खै कस्तो मन हो त्यो
विश्वाश नै ठुलो भन्छन खै कहाँ छ विश्वाश त्यो
उजाड यो जिन्दगीका अध्यारा यी रातहरु
तिम्रै निका  बात अरे कहाँ छन,ती बातहरु
चाहनाका बन्दिहरु भबिस्यका गर्बभित्र
सपना  सबै बेकार भय फलामको जन्जिरभित्र
माटो सबै चट्टान भय मैदान पनि भिर बन्यो
जिन्दगीका पानाहरु कोर्दा कोर्दै जाल बुन्यो
प्रीतहरु गाथा बने अतितका पाना भय
बल्झाइ दिदा दुख्ने घाऊ सम्झीलिदा याद भय
माटो सबै चट्टान बन्यो मैदान पनि भिर बन्यो
जिन्दगीका पानाहरु कोर्दा कोर्दै जाल बन्यो
भबिस्यको गर्बभित्र
फलामको जन्जिर भित्र
कस्तो तो जिन्दगी?????

collection picture, darchula

my place

nice place

ocbc bank in malaysia

memory is never die......

kl central ghumgham

malaysia 2010

काफल पाकेको Kafal Pakeko - Devi Gharti and Bimal Raj Chhetri

malaysia batu cave

DARCHULA matela marama

PHOTO 2009

... ,{india pithouragad. UP.GIC

IN KL 2009 PADAM BAHADUR

MALAYSIA

IN MALAYSIA 2009

roshan,2005